३३ अंकले घट्यो नेप्से

२०८३ श्रावण ११, सोमबार

काठमाडौं : अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ ।

कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो ।

आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो । आज बैंकिङ समूह ०.१० प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।

त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटे । विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै गोर्खाज फाइनान्सको ३.८६, धौलागिरि लघुवित्तको ३.११ प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्तको १३.३८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३, कालंगा हाइड्रोपावरको ८.५२, सालपा विकास बैंकको ८.१९ तथा होटल फरेस्ट इनको ७.५७ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक, सेन्ट्रल फाइनान्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार