सामाजिक सद्भाव कायम राख्न र अफवाहको पछि नलाग्न कोशीका मुख्यमन्त्रीको आग्रह

२०८३ श्रावण ११, सोमबार

काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच हिंसा भड्किएपछि संयमित रहन, अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ। यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयततापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख् सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गर्दछु।’

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको विश्वास दिलाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको जानकारी गराएका छन्।

उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको रक्षा गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार