एन्जल्स हार्टद्वारा करातेका सुमन सम्मानित

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : एन्जल्स हार्ट नेसनल स्कुलले युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता करातेका सुमन तिमिल्सिनालाई मंगलबार नगद ३० हजारसहित सम्मान गरेको छ ।

अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगताको पुरुष एकल कातामा सुमनले कांस्य जितेका थिए । सुमनलाई एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक थापा, सेकेन्डरी को–ओर्डिनेटर इमकुमारी गुरुङ, प्राइमरी को–ओर्डिनेटर श्रृजना बस्नेत र प्रि प्राइमरी को–ओर्डिनेटर सिमरन डंगोल महर्जनले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार