गायक सुनिल थापाको ‘सोल्टिनी सेवारो’ सार्बजनिक

२०८३ श्रावण १३, बुधबार

काठमाडौं : गायक सुनिल थापामगरले नयाँ गीत ‘सोल्टिनी सेवारो’ ल्याएका छन् । युट्युबमा केही दिनअघि सार्वजनिक यो गीतले दर्शकमाझ चर्चा पाइरहेको छ ।

एनिस एन्जल राईको शब्द तथा संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो पनि आकर्षक छ । प्रेम सम्बन्ध र भावनात्मक उतारचढावलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको भिडियो र गीतले सकारात्मक प्रतिक्रिया पाएको छ । राजु कार्कीको संगीत संयोजन रहेको गीतलाई बिप्लव अधिकारीको ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन् । राई, लिम्बु समुदायको संस्कारमा आधारित रहेर गीत तयार पारिएको हो । मकवानपुरका रमणीय थलोमा भिडियो छायांकन गरिएको छ । भिडियोमा गायक मगर आफैले अभिनय गरेका छन् ।

अभिनयमा उनलाई रेबिका मगरले साथ दिएकी छन् । म्युजिक भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार