प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मि पन्त पक्राउ

२०८३ श्रावण १३, बुधबार

काठमाडौँ : बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ । उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन् । प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियो।

नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआईबीस्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार