सरकार असफल भयो, अब विकल्प खोज्नुपर्छ : हर्क साम्पाङ

२०८३ श्रावण १३, बुधबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबूकमार्फत साम्पाङले वर्तमान सरकार असफल भएको जिकिर गरेका हुन् । ‘सर्वत्र सरकार असफल ! अब विकल्पको खोजी गर्नु नै उत्तम होला ! दियर इज नो गुड न्युज एट अल,’ साम्पाङले लेखेका छन् । देशमा विकसित तनावको स्थिति र विभिन्न असन्तुष्टिका बीच उनको यस्तो टिप्पणी आएको हो ।

देशको पछिल्लो परिस्थितिमा राज्यले प्रभावकारी भूमिका नखेलेको भन्दै उनले वर्तमान सरकार असफल भएको टिप्पणी गर्दै विकल्प खोज्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार