पाल्पा : जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षीय डिमोस सारु रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकलमा तामाखानीबाट आफ्नो घर सामुङ्गातर्फ निस्किनु भएका सारु बुधबार विहानसम्म घर नआइपुगेपछि परिवार र आफन्तले खोजी गरेका थिए । खोजी गर्नेक्रममा दिउँसो तामाखानी–सामुङ्गा सडकको घाङ्च छहराबाट करिब ४० मिटर तल मोटरसाइकलसहित उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लालबहादुर सुनारले जानकारी दिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





