चलचित्र ‘ककाकिकी’को लिरिकल गीत सार्वजनिक

२०८३ श्रावण १४, बिहीबार

काठमाडौं  : चलचित्र ‘ककाकिकी’को लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आदित्य प्रधानको स्वर छ ।

शिशिर थतालको शब्द र संगीत रहेको गीतको यसअघि सार्वजनिक फर्स्ट लुक भिडियोमा हुकलाइन राखिएको थियो । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको चलचित्रमा रेखा थापा, गौरी मल्ल, तृप्ती नाड्कर, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर, सुवर्ण थापालगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा तथा पटकथा लेखन बिक्की अग्रवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका छन् । यो चलचित्र भदौ १९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार