भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको मृत्यु

२०८३ भाद्र ५, शुक्रबार

काठमाडौँ : भारतको पश्चिमी राज्य गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि विगत २४ घण्टामा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै करिब ४० जना बिरामी परेको जनाइएको छ ।

गुजरातको भावनगर क्षेत्रबाट मानवीय क्षति भएको खबर आएको जनाइएको छ भने बिरामी परेका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

गुजरात भारतको सुक्खा राज्यहरूमध्ये एक हो, जहाँ मदिराको सेवन र बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कडा कानुनी तथा आर्थिक दण्डको सामना गर्नु गर्ने प्रावधान रहेको छ ।

यद्यपि, केही स्थानीयहरूले घरयासी उपभोगका लागि आफ्नै रक्सी बनाउने जोखिम मोलने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको जनाइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार