विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

२०८३ श्रावण १६, शनिबार

काठमाडौं : विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको छ।

पुर्जाले स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो। ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।

यसअघि शुक्रबार चार जना पर्वतारोहीको शव फेला परेको जानकारी सार्वजनिक गरिएको थियो। त्यसपछि इलाइट एक्सपेडले निर्मल पुर्जाको पनि निधन भएको पुष्टि गरेको हो।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा साहस, गति र कीर्तिमानी आरोहणका लागि परिचित थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपाली तथा विश्व पर्वतारोहण समुदायलाई गम्भीर क्षति पुगेको छ।

निर्मल पुर्जाको जन्म म्याग्दी जिल्लाको विकट दाना गाउँमा भएको हो। भूपू सैनिक परिवारमा जन्मिएका उनको बाल्यकाल र प्रारम्भिक शिक्षा भने चितवनमा वित्यो। सानैदेखि केही फरक र साहसिक काम गर्ने रुचि भएका पुर्जा सन् २००३ मा १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सैनिकमा छनोट भएका थिए ।

गोर्खा राइफल्समा ६ वर्ष सेवा गरेपछि उनले अर्को इतिहास रचे— ब्रिटिस रोयल नेभीको अत्यन्तै कठिन र प्रतिष्ठित विशेष सैन्य टोली ‘स्पेशल बोट सर्भिस’ मा प्रवेश पाउने उनी पहिलो नेपाली बने। सैन्य सेवाका क्रममा अफगानिस्तानको खतरनाक युद्ध मैदानमा १६ वर्ष बिताएका उनले सैन्य कौशल र कठोर अनुशासनलाई आत्मसाथ गरे।

उनको असाधारण सैन्य योगदानको कदर गर्दै सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले उनलाई ‘एमबीई’ बाट सम्मानित गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार