सुनकोसीमा खसेको कारमा सवार तीनै जनाको पहिचान खुल्यो

२०८३ श्रावण १८, सोमबार

काठमाडौँ : सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकर्गबाट सुनकोसी नदीमा खसेको कारमा सवार तीनै जनाको पहिचान खुलेको छ।

यसअघि दुई जनाको पहिचान खुलेकोमा तेस्रो व्यक्ति सिन्धुलीकै तिनपाटन गाउँपालिका ९ डाँडाखर्क बस्ने वर्ष १७ को सुजन बलमपाकी मगर रहेका प्रहरीले जनाएको छ। उनी स्काइभेटरका हेल्पर रहेको बुझिएको छ।

उक्त कारमा सवार बलम्पाकीसहित फिक्कल गाउँपालिका –५ बस्ने पूर्णबहादुर तामाङ र गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा बेपत्ता भएका छन्। दिल कुमार लामा कार चालक हुन् भने गणेश थापा स्काइभेटर चालक हुन्।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ।

कार दुर्घनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ।

बस र बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका ६ बस्ने वर्ष २६ को हेम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार