बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

२०८३ भाद्र ५, शुक्रबार

गुल्मी : बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा उनको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । घाइते पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार