सुनको मूल्य सातामा ११ हजार ५ सय रुपैयाँले बढ्यो

२०८३ भाद्र ६, शनिबार

काठमाडौँ : यो साता सुनको मूल्य प्रतितोला ११ हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन श्रावण ३१ गते आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रूपैयाँ कायम थियो।

मंगलबार सुनको मूल्य सुनको मूल्य स्थिर अवस्थामा रही प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो। बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रूपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको सुन शुक्रबार थप ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भयो।

समग्रमा यो साता सुनको मूल्य प्रतितोला ११ हजार ५ सय रुपैयाँले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार