काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार भन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गरेका छन् ।
नीति, संगठन र नेतृत्व कार्याशालामा केन्द्रीय सदस्यलाई प्रशिशित गर्दै सभापति लामिछानेले बस्तीबस्तीमा पुगेर सरकारले गरेका कार्यहरु जनतालाई बुझाउन आग्रह गरे ।
‘स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा हामी पछि पर्छौं,’ सभापति लामिछानेले भने, ‘अहिले सरकार मात्र बलियो छैन । प्रतिपक्ष झन बलियो छ । बलियो प्रतिपक्षलाई राजनीतिक तबरले काम गर्न सकेनौं भने त्यसले अकैं ठाउँमा लिएर जान्छ ।’
सुशासनको मुद्दा उठाएको रास्वपाले कहिंकतै अनियमिततामा प्रश्न नउठेको बताए । यसले मात्रै प्रर्याप्त नहुने बताउँदै लामिछानेले भने, ‘म मधेश जाँदैछु । केन्द्रीय सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिएर गाउँ गाउँ पठाइन्छ ।’






