काठमाडौं : बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ ।
गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकामस्थित कलैया प्रादेशिक अस्पतालको शव गृहमा थियो । शनिबार मध्यरातमा सरकारसँगको सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरेका हुन् । कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए ।
सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं आएका मृतक गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंबाट फर्किएपछि बालिकाको अन्तिम संस्कार गरिएको हो ।






