पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८३ भाद्र ७, आईतवार

काठमाडौँ : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ स्थित लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका–३ हात्तीसुँडेका कृशल दाहाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो १२ बजेर ५० मिनेटमा कृशल दुई जना साथीसँग लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हात्तीसुँडेबाट प्रहरी नायब निरीक्षक कामबहादुर गुरुङको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा कृशललाई खोलाबाट उद्धार गरी उपचारका लागि मकवानपुर सहकारी अस्पताल ल्याएको थियो । उपचारका क्रममा दिउँसो २ बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

घटनामा पौडी खेल्न गएका अन्य दुई बालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार