ला लिगामा एल्चेमाथि बार्सिलोनाको फराकिलो जित

२०८३ भाद्र ८, सोमबार

काठमाडौं : साविक विजेता बार्सिलोनाले ला लिगामा विजयी सुरुवात गर्ने क्रममा एल्चेमाथि ५–० को प्रभावशाली जित हासिल गरेको छ ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । उनले १४औं मिनेटमा पेनाल्टीबाट खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी समयमा करिम अदेयेमीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाएका थिए । ६७औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल थपे । फर्मिन लोपेजले ७१औं र ७९औं मिनेटमा दुई गोल गर्दै एल्चेको रक्षापङ्क्तिलाई पूर्ण रूपमा धराशायी बनाए ।

एन्थोनी गोर्डनले दुई गोलमा असिस्ट गर्दा जाभी एस्पार्टले पनि एक असिस्ट दिए। फराकिलो जितसँगै बार्सिलोनाले उपाधि रक्षा अभियानमा आफ्नो बलियो लय कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार