काठमाडौँ : फिल्म फिल्म ‘आ बाट आमा-२’को अर्को गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण टिमले प्रचारप्रसार स्वरुप बिहीबार गीत युट्युबमार्फत रिलिज गरिएको हो। दशैंको माहोल र टीका जमरा लगाएको कथालाई गीतको भिडिओमा देखिन्छ।
डान्सिङ गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्यलगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। लाहुरेको भूमिकामा सबिन श्रेष्ठ रहेका छन्। सामुहिक विवाहमा उनीहरूको नाच रहेको छ। यस गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन्। गीतको शब्द रचना, संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा बाबुल र रचना रिमालको रहेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, बिपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन रहेको छ।
त्यस्तै, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मसले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।









