महासचिवसँग मेरो कुनै मनमुटाव छैन : ओली

२०८३ आश्विन २४, शनिबार

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको चर्चा निराधार रहेको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनै पनि प्रकारको मनमुटाव नरहेको बताएका हुन्।

बैठकबाट बाहिरिने क्रममा उनलाई ‍एक ‍जना पत्रकारले महासचिवसँग मनमुटाव बढेको हो? भनेर प्रश्न गरेका थिए।

‘त्यसमा बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्नेकुरा पनि सुनियो। तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन। फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन। राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन,’ जबाफमा अध्यक्ष ओलीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार