विश्वकप लिग-२ : नेपालले आज क्यानडासँग खेल्दै

२०८३ आश्विन २५, आईतवार

काठमाडौं : नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा आज क्यानडाको सामना गर्दै छ ।

खेल ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ । नेपाल क्यानडाविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छ । यता, क्यानडा पनि पहिलो जितको खोजीमा हुनेछ । क्यानडाले शृंखलाको पहिलो खेलमा घरेलु टोली ओमानसँग ४१ रनको हार व्यहोरेको थियो ।

यो खेलमा जित निकाल्न सके नेपाल क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिने छ । यदि, क्यानडा विजयी भए छैटौँ स्थानमा थप बलियो बन्नेछ ।हाल ३२ खेलबाट २४ अंक जोडेको नेपाल सातौँ स्थानमा छ । एक खेल बढी खेलेको क्यानडा २५ खेलबाट छैटौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार