काठमाडौं : आइसीएफसी फाइनान्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्।
प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते समाप्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो।
संस्थाको सञ्चालक समितिको असोज २३ गते बसेको ३७७औँ बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो। निर्णय असोज २५ गतेदेखि लागू भएको छ।











