चलचित्र ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक

२०८३ आश्विन २८, बुधबार

काठमाडौं : नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच) को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार