काठमाडौं : नेपाली फिल्म ‘३६ को आँकडा’ को नयाँ गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक गरिएको छ ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ। गीत सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसारलाई समेत तीव्रता दिइएको छ । गीतमा फरेन्द्र राईको एरेन्जमेन्ट रहेको छ । गीतको रेकर्डिङ पर्पल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
शबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’ मा निरुता सिंह, रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा र रमेशचन्द्र सिडारीको अभिनय रहेको छ। फिल्ममा निशा अधिकारीलाई अतिथि भूमिकामा देखिनेछिन् ।
फिल्मको कथा निर्देशक शबिर श्रेष्ठकै हो भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। फिल्मका निर्माता सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ हुन्। छायांकन ईश्वर सिङ्केमेनाले गरेका छन् भने सम्पादन वनिश शाह र रामप्रसाद चौधरीको रहेको छ ।
नृत्य निर्देशन राजु शाहले गरेका छन् । रेखा फिल्म्स र काइट्स इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ । फिल्म ‘३६ को आँकडा’ आगामी मंसिर १७ गते अर्थात् डिसेम्बर ३ मा सिनेमाघरमा प्रदर्शन हुने जनाइएको छ ।










