निर्मलराज पौडेलको गीत ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ सार्वजनिक

२०८३ आश्विन २५, आईतवार

काठमाडौं : विपिन जोशीको शब्द तथा संगीत, निर्मलराज पौडेलको स्वर र मनिषराज पौडेलको निर्देशनमा तयार भएको नयाँ गीत ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ सार्वजनिक भएको छ।

वेलकम एभी प्रोडक्सनले निर्माण गरेको उक्त गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको छ। नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यसहित तयार गरिएको यस गीतले प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटेको छ।

पछिल्लो समय नेपाली गीतसंगीतको उत्पादन तथा प्रस्तुतीकरणमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ। यसै क्रममा ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीतको भिडियो निर्माणमा पनि एआई प्रविधिको उपयोग गरिएको निर्माण पक्षले जनाएको छ। परम्परागत भिडियो निर्माण प्रक्रियाभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायतामा दृश्यहरू तयार पार्ने अभ्यासले नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्दै गएको छ।

एआई प्रविधिको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न तथा सिर्जनात्मक अवधारणालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको गायक पौडेलले जानकारी दिए ।

वेलकम एभी प्रोडक्सनले तयार गरेको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत अहिलेको डिजिटल युगमा नेपाली संगीत सिर्जना र भिडियो निर्माणमा भइरहेको प्रविधिगत परिवर्तनको एउटा उदाहरणका रूपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार