चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक

२०८३ आश्विन २९, बिहीबार

काठमाडौं : चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राति निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराईलगायत कलाकार छन् । रवीन्द्र झाले पनि चलचित्रमा प्रवेश पाएका छन् । उनी चिकित्सकको भूमिकामा देखिएका छन् ।

सार्वजनिक ट्रेलरमा सन्तानको प्रतिक्षा र लामो समय बच्चा नहुँदाको पीडालाई केन्द्रमा राखिएको छ । ट्रेलर विश्वास, प्रेम, सन्तान सुखको प्रतिक्षा, विश्वास, सबन्ध, छलकपट, धोकालगायत पक्षको सेरोफेरोमा घुमेको छ । चलचित्र ‘छ माया छपक्कै–२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । रोहित अधिकारी निर्माता छन् ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रकाश घिमिरे, केकी अधिकारी, कर्मा, शनिसा भट्टराई, रवीन्द्र झा, निर्मल शर्मा, मेक्सम गौँडेल, रमा थपलिया, लगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार