सात लाख बराबरका विष्फोटक पदार्थ नष्ट

२०८३ कार्तिक १८, बुधबार

वीरगन्ज : प्रहरीले रु सात लाख बराबरका पटाका, अतिशबाजी तथा ‘वेटक’ पदार्थ नष्ट गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएका विभिन्न चेकिङ टोलीले विभिन्न मिति र समयमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सात लाख बराबरका अवैध रूपमा भित्र्याइएका पटाका, अतिशबाजी तथा अन्य विष्फोटक पदार्थलाई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीको समेत उपस्थितिमा खाल्डोमा हाली पानी समेत राखी पुरी नष्ट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार