पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते

२०८३ कार्तिक २२, आईतवार

काठमाडौँ : पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

मृतक तथा घाइतेहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार