काठमाडौँ : एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १५४ रनको लक्ष्य दिएको छ । ओमनको अल अमेरात मैदानमा टस जितेर यूएईले फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।
पहिला ब्याटिङ गरेको नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाउँदा सचिन भट्टले ३३, निरजकुमार यादव र दर्सन सोनारले १६–१६ रन जोडनुबाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् ।
नेपाललाई सस्तैमा रोक्न यूएईका निशम खानले सर्वाधिक पाँच विकेट हात पारृ भने आयन मिसवाहले तीन विकेट हात पार्दा नुरुल्लाह अयोबीले दुई विकेट लिए ।
अब केही बेरमा यूएईले जवाफी ब्याटिङ गर्नेछ ।











