घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत दोषी ठहर

२०८३ कार्तिक २२, आईतवार

काठमाडौं : ७२ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत अदालतबाट दोषी ठहर भएका छन्।

महोत्तरीको सोनाम गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत श्रदेव यादवलाई विशेष अदाललते बिहीबार दोषी ठहर गरी ६ महिना कैद सजाय सुनाएको हो। साथै, उनलाई ७२ हजार नै जरिवाना र पीडित राहत कोषमा दुई हजार २८० रुपैयाँ जम्मा गर्न भनिएको छ।

विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सो फैसला सुनाएको हो। सडक ढलानसम्बन्धी कामको भुक्तानीका लागि उपभोक्ता समितिसँग उनले घुस लिएका हुन्।

गत ८ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेकोमा ५ असारमा मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार