डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ

२०८३ कार्तिक २२, आईतवार

काठमाडौँ : जिल्ला डोल्पा स्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा जिल्ला जाजरकोट, बारेकोट गाउँपालिका–१ घर भएका वर्ष २५ का यज्ञ वि.क. (१२ वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी) र जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका वर्ष २८ का धनबहादुर भन्ने हरिबहादुर बुढा (१२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी) रहेका छन ।

आज खोजतलास गर्ने क्रममा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका ४ रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परेका छन् भने बाँकी फरार रहेका दुई जना थुनुवाको खोजतलास जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार