त्रिभुवन विमानस्थलका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ मंसिर ७, सोमबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक हुलाकमार्फत विदेशमा कुरियर पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

अख्तियारका अनुसार दुवै कर्मचारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी सेवाग्राहीको सामान विदेश पठाउने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार