जिपको ढोकाबाट खसेर एक जनाको मृ’त्यु

२०८३ मंसिर ७, सोमबार

काठमाडौँ : जिल्ला सिन्धुली, कमलामाई नगरपालिका –०२ भद्रकालीस्थित भित्री सडक-खण्डमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ९:३० बजेको समयमा घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार सिन्धुलीको घ्याङलेख गाउँपालिका –०४ बन्दीपुर बस्ने ५८ वर्षीय मानध्वज योञ्जनले जिपको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्न गई ढोकाबाट खसेर घाइते भएका थिए ।

घाइते योन्जनलाई सोही गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा बिहान ९:५० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त गाडी र चालक सिन्धुलीको कमलामाई नगरपालिका –०५ सिलामे बस्ने २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिइ उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार