कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

२०८३ मंसिर ११, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

मंसिर ८ गतेदेखि केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बिहीबारको बैठकमा ७० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेकोले कार्यसमितिको बैठक शुक्रबार बिहान ८:३० बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार