बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृ’त्यु

२०८३ मंसिर १२, शनिबार

काठमाडौँ : जिल्ला सुनसरी, इटहरी उप-म.न.पा. वडा नं. ०२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी उप-म.न.पा. वडा नं. २० तरहरा शान्ति टोल बस्ने ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

घाइते खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर ल्याएकोमा चिकित्सकले सोही दिन बिहान ६:२३ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बस र चालक धनकुटा न.पा. २ बस्ने ५४ वर्षीय निरबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार