काठमाडौँ : जिल्ला जुम्लाको गुठिचौर गा.पा. वडा नं. १ बस्ने अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका सोही स्थान बस्ने अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकायालाई पक्राउ गरिएको छ।
२०८३ मंसिर १२ गते अन्दाजी १२:०० बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले निजलाई आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, जुम्ला ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।











