केपी ओली अब यो देशको प्रधानमन्त्री हुँदैनन्, आजदेखि सकिए : दुर्गा प्रसाईँ

२०८० मंसिर ७, बिहीबार

काठमाडौँ : गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले नेपालमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुन नसक्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा सडक प्रर्दशनपछि साँझ आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले आजदेखि एमाले सकिएको घोषणा गरेका हुन् । उनले भने,‘टाइटानिक गलत ठाउँमा आएर ठोक्कियो, अब डुब्ने क्रम सुरु भयो लेखेर राख्नुस् । उहाँलाई आउँछ नि उखान टुक्का, हामीले नगरेको पो ।’ उनले पत्रकारहरु आफ्नो अभियानमा नलागे भोली खाडीमा काम गर्न पुग्नुपर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार