प्रशिक्षक देसाईसँगै सन्दीप पनि सोमबार दक्षिण अफ्रिका जाँदै

२०८० जेष्ठ २१, आईतवार

काठमाडौँ ; नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै दक्षिण अफ्रिका जाने तय भएको छ। 

सन्दीपलाई लिएर देसाई पनि सोमबार (जेठ २२) नै दक्षिण अफ्रिका जाने तय भएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। राष्ट्रिय टोलीका कप्तान रोहीत पौडेलसहितका अन्य सदस्यहरू गत मंगलबार नै त्यसतर्फ गइसकेका छन्।

तर अदालतले आफ्नो मुद्दाको फैसला छिटो नगरेको भन्दै सन्दीप भने टोलीसँग गएका थिएनन्।  सन्दीपको मुद्दालाई लिएर वकिलहरूले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए। अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को तारिख आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार