जनमतका विद्यार्थीले कार्यकक्षमै थुने सिरहा क्याम्पसका प्रमुख र प्राध्यापक

२०८० जेष्ठ २९, सोमबार

सिरहा : सिरहा सदरमुकामस्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसका प्रमुख र प्राध्यापकहरुलाई जनमत विद्यार्थी संघले थुनेको छ ।

स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र अहिलेसम्म नदिएको र शपथग्रहण नगराएको भन्दै जनमत विद्यार्थी संघले क्याम्पस प्रमुख रामहित यादव र प्राध्यापकहरुलाई थुनेको हो ।

जनमत विद्यार्थी संघसंघ आवद्ध विद्यार्थीहरुले तालाबन्दी गरेपछि क्याम्पस प्रमुख रामहित, क्याम्पसका सहायक प्रमुख ब्रह्मदेव यादव, प्रशासन प्रमुख प्रदीप यादव र निर्वाचन समितिका सदस्य देवशंकर यादवलाई थुनिएका थिए ।

यो क्याम्पसमा चैत्र ५ मै स्ववियु निर्वाचन सम्पन्न भयो । निर्वाचन परिणाम अनुसार जनमत विद्यार्थी संघका दीपेन्द्र यादव सभापतिमा र सोही संगठनका विद्यार्थी अन्य सबै पदमा निर्वाचित भए । तर अहिलेसम्म प्रमाणपत्र समेत नदिएपछि जनमत विद्यार्थी संघले क्याम्पस प्रमुख र प्राध्यापकहरुलाई थुनेको बुझिएको छ ।

स्ववियु सभापतिमा निर्वाचित यादवले आफूहरुलाई अहिलेसम्म प्रमाणपत्र नदिएको र पटक-पटक आग्रह गर्दा बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । उनले भने, ‘प्रमाणपत्र वितरण गराउनमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका छौं ।’

स्ववियु चुनावमा जनमत विद्यार्थी संघले पुरा प्यानलै विजयी भएपछि अन्य विद्यार्थी संगठनले धांधली गरेको आरोप लगाउदै क्याम्पसमा तालाबन्दी र प्रदर्शन गरेको थियो । उनीहरुले नै विवाद खडा गरेपछि स्ववियु निर्वाचन समितिले प्रमाणपत्र वितरण सहितका विषयमा ठोस् निर्णय लिन सकेको छैन ।

क्याम्पस प्रमुख रामहितले विवाद समाधान गर्न सवै विद्यार्थी संगठनलाई वार्तामा बोलाएर सहमति गराउन खोज्दा पनि नभएको बताए । क्याम्पसको हितलाई ध्यानमा राख्दै विद्यार्थी संगठन अगाडी बढ्नुपर्ने र समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार