यात्रुले धुवाँ देखियो भनेपछि जनकपुरबाट काठमाडौं उड्न लागेको विमानको उडान रद्द

२०८० जेष्ठ २९, सोमबार

जनकपुरधाम : जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो ।

वुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले विमानभित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। ‘टेक्निकल टिमहरुले हेरिरहेका छन्। कहाँ के फल्ट छ भनेर, अर्को विमानबाट यात्रीहरुलाई काठमाडौं पठाइएको छ’, सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार