काठमाडौँ : नेपाली सेनाका ११ जना पूर्वउपरथी र सहायक रथी एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनीहरूलाई पार्टी प्रवेश गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार उनीहरूलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएको हो।
यी हुन आइतबार राप्रपा प्रवेश गरेका उपरथी र सहायक रथी:
१. उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा)- ताप्लेजुङ
२. उपरथी नरबहादुर कंडेल (अप्रा)- गुल्मी
३. उपरथी समीर शाही (अप्रा)- नवलपरासी
४. उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा)- काठमाडौ
५. उपरथी सुवर्णबहादुर शाह (अप्रा)- दाङ्ग
६. उपरथी भरतबहादुर खडका (अप्रा)- भक्तपुर
७. उपरथी कुबेर थापा (अप्रा)- ललितपुर
८. उपरथी संजय थापा- (काठमाडौं)
९. सहायकरथी खड्ग मल्ल (अप्रा)- म्याग्दी
१०. सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा)- मोरङ्ग
११. प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा)- पाँचथर





