काठमाडौं : राजस्व अनसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीका निजी सचिव ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रुपमा पठाएको हो । हाल विभागको महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कर्यालयमा फिर्ता बोलाइएको छ ।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो ।





