न्युयोर्कमा सडक दुर्घटना हुँदा १८ जना घाइते

२०८० असार २२, शुक्रबार

एजेन्सी : अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस सार्वजनिक यातायातको बससँग ठोकिएर भएको दुर्घटनामा १८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युयोर्कको डाउनटाउन म्यानहट्टनमा भएको दुर्घटना घाइतेहरु मध्ये अधिकांशको हात खुट्टा भाँचिएको छ ।

दुर्घटना लगतै दुइतले सार्वजनिक बसमा सवार अन्य यात्रुहरु च्यापिएका कारण उद्धारमा कठिनाई भएको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनापछि न्युयोर्कको यातायात सेवा केही बेरका लागि अवरुद्ध बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार