भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

२०८० असार २९, शुक्रबार

काठमाडौँ : भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ। योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ।

चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन्। भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन।

सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो। चन्द्रयान-३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार