बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

२०८० श्रावण ३, बुधबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् ।

प्रचण्ड आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार