‘बगान’लाई ५० हजार जरिवाना तिराएर महानगरले ५ लाखको विज्ञापन गर्‍यो : करिश्मा

२०८० श्रावण ३, बुधबार

काठमाडौं : सरोज खनाल निर्देशित फिल्म ‘बगान’ नेपालका हलहरूमा प्रदर्शनरत् छ। गत सोमबार फिल्मको पोस्टर पोलमा टाँसेर वातावरण प्रदुषित गरेको भन्दै ‘बगान’ निर्मातालाई काठमाडौं महानगरपालिकाले ५० हजार जरिवाना तिराएको थियो।

‘बगान’की अभिनेत्री करिश्मा मानन्धरले आज महानगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई फेसबुकमा व्यंग्य गरेकी छन्। उनले महानगरले ५० हजारको जरिवाना लिएर ५ लाखको विज्ञापन गरिदिएको उल्लेख गरेकी छन्।

तस्बिरहरू सेयर गर्दै लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो। कसले भन्छ बालेन जी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर? जय बगान।’

सोमबार महानगरले जरिवाना तिराएपछि निर्माता सुरेश वाग्लेले महानगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई मेन्सन गर्दै फेसबुक पोस्टमा असन्तुष्टि जनाएका थिए। ‘बालेन जी, आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग त गर्नु भएन तर अवरोध चाहिं नगरिदिनुहोल। बाँकी कुरा मिडियाप्रेमी महानगर प्रहरी प्रमुख राजु पाण्डेजीलाई सोघ्नुहोला,’ उनले लेखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार