जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ

२०८० श्रावण १२, शुक्रबार

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ ।

आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।

महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार