अमेरिकी सेना आफ्नो नियन्त्रणमा रहेको उत्तर कोरियाको स्वीकारोक्ति

२०८० श्रावण १८, बिहीबार

प्योङयाङ : उत्तर कोरियाले अमेरिकी सैनिक आफ्नो नियन्त्रणमा रहेको स्वीकार गरेको छ । ट्राभिस किङ नाम गरेका ती सैनिकको अवस्थाबारे जानकारी माग गरेपछि प्योङयाङले त्यसको पुष्टि गरेको यूएन कमान्डले जानकारी दिएको हो ।

२३ वर्षीय सैनिक गत १८ जुलाईमा दक्षिण कोरियाबाट उत्तर कोरिया पुगेका थिए । किङलाई अमेरिका फर्काउने प्रयास जारी रहेको बताउँदै कमान्डले उत्तर कोरियाको जवाफबारे विस्तृत जानकारी दिन भने अस्वीकार गरेको छ । यद्यपि, जवाफलाई किङबारे छलफल गर्न प्योङयाङ तयार रहेको सङ्केतको रूपमा बुझिएको छ ।

डिमिलिटराइज्ड जोनको अनुगमन गर्ने यूएन कमान्डले किङबारे उत्तर कोरियाली सेनासँग फोनमार्फत सम्पर्कबारे जानकारी लिएको थियो । उत्तर कोरियाले यसअघि गरिएको सम्पर्कका लागि आग्रहलाई स्वीकार गरे पनि पहिलो पटक संवाद गर्दै अमेरिकी सैनिक आफ्नो नियन्त्रणमा रहेको बताएको हो । उत्तर कोरियाले सार्वजनिक रूपमा किङ उनीहरूको नियन्त्रणमा रहेको स्वीकार भने छैन ।

उत्तर कोरियामा प्रवेश गर्न अघि हातपातको आरोपमा किङ दुई महिना उत्तर कोरियाको जेलमा रहेका थिए । उनलाई १० जुलाईमा रिहा गरिएको थियो । अनुशासनको कारबाहीका लागि उनी अमेरिका फर्कनुपर्ने थियो तर, उनी विमानस्थलबाट भागेर उत्तर कोरिया पुगेका थिए । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार