काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीका फन्टुस मानस पुत्रहरुले नयाँ र स्वतन्त्रका नाममा राजनीतिलाई सस्तो बनाएको टिप्पणी गरेका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीको कारणले अहिले बजारमा नयाँ पपुलिस्टहरु आएको बताए ।
उनले भने, ‘आज ओलीजीका कारणले पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन् । तीनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तीनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन् । त्यसैले मैले भन्ने गरेको छु ती ओलीका फन्टुस मानस पुत्रहरु हुन् ।’





