औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त

२०८० भाद्र १३, बुधबार

काठमाडौँ : सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।

मंगलबार  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले पनेरुलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको जानकारी दिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार