अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याएको आरोपमा २ जना पक्राउ

२०८० भाद्र १९, मंगलवार

जनकपुरधाम : अख्तियारको कर्मचारी हौँ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह रहेका छन् ।उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्की दिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुले ‘हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डीएसपी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार